काठमाण्डौ । सेयर बजारमा आज बिहीबार सामान्य अंकको गिरावट आएको छ। कारोबार पनि १ अर्ब रुपैयाँको आसपासमा सीमित छ।
डाउ थेउरीअन्तर्गत पनि बजार लोवर लो बनाउँदै गरेको देखिन्छ। यस्तो अवस्थामा बजारले हायर लो बनाएर माथि फर्केपछि मात्रै बजारमा छिर्न उपयुक्त हुन सक्छ। यो आधारमा पनि बजारमा बाई सेटअप बनेको बुझ्न सकिन्छ।
आरएसआईमार्फत हेर्दा दैनिक चार्टमा बजार अहिले ३० को ओभर सोल्ड जोनमा चलेको देखिन्छ। योभन्दा पहिले पनि बजार ३० बाट तल झरेर २० को तहमा आएपछि ‘डब्ल्यू’ आकार बनेपछि मात्रै माथिको यात्रा तय गरेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
घट्दो बजारमा केही समय ओभरसोल्ड जोनमा चलेर यदि बजारमा आरएसआईले पहिलेको न्यून विन्दुभन्दा माथिबाटै फर्केर पुनः ३० भन्दा माथि जान्छ भने अप ट्रेन्डको सम्भावना हुन्छ। यस्तो अवस्थामा पनि बजारमा बाई सेटअप बन्दै गरेको बुझ्न सकिन्छ।
नोट : प्राविधिक विश्लेषण एक औजारमा आधारित विश्लेषण हो। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago