काठमाण्डौ । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ। जुन पहिले कुनै पनि ईभीमा देखिएको थिएन ।
यो अफर बीवाईडी अल–न्यू ई६मा लागू हुनेछ। जसमा परिवर्तनकारी ब्लेड ब्याट्रीको सुविधा रहेको छ भने जसअन्तर्गत गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एन्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षका लागि फ्री रोड ट्याक्स पाइनेछ। जुनमध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्न जान्छ। किनकि यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा भित्रिएको छैन।
यो अफर बीवाईडी अल–न्यू ई६को खरिदमा पाउन सकिन्छ। जुन केवल आर्थिक वर्ष २०७८–७९ मा लागू हुनेछ।
साइमेक्स इन्कले ईभीलाई प्रोत्साहन गर्न र केही राम्ररा परिवर्तनहरु ल्याउन यस्ता थुप्रै अफर पहिले पनि नेपाली बजारमा भित्र्याएको छ। र, अझै पनि भविष्यमा नयाँ आकर्षित अफरहरु ल्याउने वाचा कम्पनीले गरेको छ।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago
17 hours ago