काठमाण्डौ । साउदी अरेबियाको पर्यटन मन्त्रालयले खाडी सहयोग परिषद् (जीसीसी) का सबै नागरिकले अब इलेक्ट्रोनिक रुपमा साउदी अरबको पर्यटक भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ। 

जीसीसी खाडी देशहरुको समूह हो। जसमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स समावेश छन्।

साउदी प्रेस एजेन्सीका अनुसार पर्यटक भिसाधारकहरुलाई साउदी अरेबियाका विभिन्न क्षेत्रहरु भ्रमण गर्न र उमराह गर्न अनुमति दिइनेछ। कुनै पनि पेसाका जीसीसी बासिन्दाहरुलाई साउदी अरब भ्रमण गर्न अनुमति दिनु राज्यले आफ्नो इतिहास र सम्पदालाई सकेसम्म धेरै मानिसहरुलाई पहुँचयोग्य बनाउन पहलको एक हिस्सा हो।

साउदी अरबका पर्यटनमन्त्री अहमद अल–खातिबले भने, ‘जीसीसीका बासिन्दाहरुका लागि भिसा आवेदन अब सरल र सुविधाजनक हुनेछ। आवेदक कुन पेसाको होस् भन्ने फरक पर्दैन।’

मन्त्रालयले भनेको छ कि सबै जीसीसी बासिन्दाहरुले ‘भिजिट साउदी’ प्लेटफर्ममार्फत आवेदन दिएर इलेक्ट्रोनिक पर्यटक भिसा प्राप्त गर्न सक्छन् र यो भिसाले राज्यमा प्रत्यक्ष प्रवेश गर्न अनुमति दिनेछ। तर, आगन्तुकको आवास अनुमति कम्तीमा ३ महिना र राहदानी कम्तीमा ६ महिनाका लागि मान्य हुनेछ। –एजेन्सी