काठमाण्डौ । साउदी अरबले आफ्नो देशमा भारतसहित तीन देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको छ।
कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार भारत, ब्राजिल र अर्जेन्टिनामाथि यात्रा प्रतिबन्धको घोषणा गरेको हो। त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ। तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन।
पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि नै लागू हुने गरी गरिएको छ। साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ। – एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago