काठमाण्डौ । साउदी अरबको तेल कम्पनीहरुमा कथित हमलाहरुको खबरले सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर नाघेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि विगत २ वर्षयताकै सर्वाधिक उचाइमा पुगेको छ। 

कच्चा तेलको मूल्यमा यति धेरै उछाल आएको कोरोना महामारीको सुरुआतपछि यो पहिलोपटक हो। समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुआती एसियाली बजारहरुमा मेका लागि कच्चा तेलको मूल्य ७१.३८ डलर प्रतिब्यारल पुगेको छ। जुन सन् २०२० जनवरी ८ पछिकै सबैभन्दा बढी हो। 

यमनको हुती विद्रोहीहरुले साउदी अरबको तेल उद्योग केन्द्रहरुमा गत आइतबार ड्रोन तथा मिसाइल हमला गरेका थिए। यसमा साउदी आरामकोको तेल कुवाहरु पनि निशाना बन्न सक्ने बताइएको छ। यद्यपि साउदी अबरले यसलाई असफल हमला भनेको छ। 
विश्लेषकहरुका अनुसार यस किसिमको लगातारको हमलाले तेल बजारमा छिटै उछाल आउने सम्भावना प्रबल छ। 

ओपेक तथा उसको सहयोगीहरुको उत्पादनमा कटौतीको फैसलापछि कच्चा तलमा यो लगातार चौथोपटक बढोत्तरी भएको हो। 

उता चीनमा कच्चा तेलको मागमा २०२१ को सुरुआती २ महिनामा गत वर्षको तुलनामा ४.१ प्रतिशतले बढोत्तरी भएको हो। चीन विश्वकै सबैभन्दा धेरै तेल आयात गर्ने देश हो। 

चीनले आफ्नो प्रशोधन क्षमता बढाउनुका साथै कच्चा तेलको माग पनि लगातार बढाइरहेको छ। – एजेन्सी