काठमाण्डौ । साउदी अरब सरकारले आफ्ना नागरिकलाई भारतसहित एक दर्जन मुलुकमा जान रोक लगाएको छ। 

साउदी सरकारले सीधै ती देशमा वा अन्य मुलुकहुँदै ती देशमा जान पूर्ण रुपमा रोक लगाएको हो। कोरोनाभाइरस र यसको नयाँ भेरियन्टबाट हुने खतरालाई टार्न साउदी अरब सरकारले यस्तो आदेश जारी गरेको बताइएको छ। 

साउदी अरबले भारत, पाकिस्तान, आफगानिस्तान, टर्की, यूएई, दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्राजिल, मिस्र, इथियोपिया, इन्डोनेसिया, लेबनान र भियतनाममा जान प्रतिवेदन लगाएको छ। यदि कोही साउदी नागरिकले सरकारको आदेश उल्लंघन गरी यी देशमा गए त्यस्ता नागरिकमाथि ३ वर्षका लागि यात्रा प्रतिबन्ध लगाइने पनि चेतावनी दिइएको छ। 

साउदीका आन्तरिक मामिलामन्त्रीका अनुसार यदि कोही साउदी नागरिकले यो आदेश उल्लंघन गरे कडा कारबाही हुनेछ। ‘त्यस्ता नागरिकमाथि देश फर्किएपछि भारी जरिवाना र ३ वर्षको यात्रा प्रतिबन्ध लगाइनेछ’, उनले भने। – एजेन्सी