काठमाण्डौ । साउदी अरेबियाले भर्खरै मदिना सहरमा सुन र तामाको ठूलो खानी भेटिएको घोषणा गरेको छ।

साउदी अरबले बिहीबार मदिनामा सुन र तामाको खानी फेला पारेको जानकारी गराएको हो। साउदी भूगर्भ सर्भेक्षणले एक सामाजिक सञ्जाल पोस्टमा सुनको खानी मदिना क्षेत्रको आबा अल–राहाको सीमानामा फेला परेको जनाएको छ। 

साउदी अरेबियाको भूगर्भ सर्वेक्षणले मदिना सहरको आबा अल राहा क्षेत्रमा सुनको खानी फेला परेको जनाएको छ। अल मादिक र वादी अल फरा क्षेत्रका चार स्थानमा भने तामा खानी भेटिएको सर्वेक्षणले देखाएको छ। 

अल अरेबियाको रिपोर्टका अनुसार यो खानी पत्ता लागेपछि देशमा लगानी बढ्ने अपेक्षा गरिएको छ। जुन देशको विकासमा प्रयोग गरिनेछ। यसबाट मुलुकमा ५३ मिलियन डलरको लगानी आउनुका साथै ४ हजारभन्दा बढी नयाँ रोजगारीको अवसर प्राप्त हुने अधिकारीहरुको विश्वास छ।

साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको २०३० भिजनमा तेल र ग्यासको अतिरिक्त खानीमा जोड समावेश छ। युवराजले अनुसन्धान र विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। –एजेन्सी