काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८९/८० को मौद्रिक नीति साउनको पहिलो साताभित्र ल्याउने तयारी गरेको छ।
आज शुक्रबार नेपाल राष्ट्र बैंक पोखरा क्षेत्रीय कार्यालयमा बैंकनोट सेर्डिङ एन्ड ब्रिकेटिङ सिस्टमको उद्घाटन कार्यक्रम बोल्दै गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारी भएको बताएका हुन्।
‘मौद्रिक नीति साउनको पहिलो हप्ताभित्र ल्याउने तयारीमा हामी छौँ’, उनले भने, ‘विगतमा भन्दा केही छिटो र पहिलो हप्ताभन्दा पछि नलैजाने गरी हामीले प्रयास गरिरहेका छौँ।’
यता पोखरास्थित होटेल बाराहीमा गभर्नर अधिकारीसहित वाणिज्य बैंकका सीईओहरुबीच बैठक सुरु हुँदैछ। बैठकमा विशेषगरी मौद्रिक नीतिका विषयमा छलफल भइरहेको छ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago