काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनको तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ भने निक्षेप संकलन घटेको देखिएको छ।
नेपाल बैंक एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको कर्जा र लगानीको अवस्थाले यस्तो देखाएको हो। गत असारको तुलनामा साउनको तेस्रो सातासम्म निक्षेप संकलन ६१ अर्ब रुपैयाँले घटेको देखिएको हो। गत असार ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा साउन २२ गतेसम्म घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित बनेको छ।
यसैगरी साउनको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले कर्जा लगानी भने ११ अर्ब रुपैयाँले बढाएका छन्। गत असार ३१ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। साउन २२ गतेसम्म कर्जा लगानी बढेर ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।
पछिल्लो एक सातामै वाणिज्य बैंकहरुको कर्जा लगानी १६ अर्ब रुपैयाँले बढाएको देखिएको छ। गत साउन १५ गतेसम्म कुल कर्जा लगानी ३७ खर्ब १६ अर्ब रहेकोमा साउन २२ गतेसम्म बढेर ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो।
16 minutes ago
27 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago