काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९१ अर्ब रुपैयाँले घटेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९१ अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो।
एनबीएका अनुसार साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँ र दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको छ।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि साउन लागेयता ११ अर्ब रुपैयाँले घटेको छ। गत असार मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा घटेर साउन १३ मा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ।
एनबीएका अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी साउनको पहिलो १० अर्ब रुपैयाँ र दोस्रो साता १ अर्ब रुपैयाँले घटेको छ।
साउन १३ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.९८ प्रतिशत रहेको छ।
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago