काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप सवा १ खर्ब रुपैयाँको हाराहारीमा घटेको छ।
नेपाल बैंकस एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप साउन लागेयता १ खर्ब २० अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन २७ गतेसम्म बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।
एनबीएको तथ्यांकअनुसार साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ, तेस्रो साता ४ अर्ब रुपैयाँ र चौथो साता २५ अर्ब रुपैयाँले घटेको छ।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी भने असार मसान्तको तुलनामा साउन चौथो सातासम्म स्थिर रहेको देखिन्छ। गत असार मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो। साउन २७ गतेसम्म पनि बैंकहरुको कुल कर्जा लगानी ४१ ७५ अर्ब रुपैयाँ नै रहेको छ।
साउनको तेस्रो साताको तुलनामा चौथो साता भने कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँमा रहेको थियो। साउन २७ गतेसम्म ९ अर्ब रुपैयाँले बढेर कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप बाहिरिने क्रम बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढ्न थालेको छ। गत साउन २० गतेसम्म सीडी रेसियो ८७.६९ प्रतिशत रहेकोमा साउन २७ गतेसम्म बढेर ८८.३५ प्रतिशत पुगेको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago