काठमाण्डौ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझा यातायातले ललितपुरको भित्री सहरमा साना विद्युतीय बस सञ्चालन गर्ने भएको छ। 

यसका लागि साझा यातायातले इको भिजनरी कम्पनीसँग एक करोडभन्दा बढी मूल्यमा ४ वटा बस किन्न ठेक्का सम्झौता पनि गरिसकेको छ। भित्री सहरीबाट मुख्य सहरी क्षेत्रसम्म पुग्न सर्वसाधारण सहज गराउन साना विद्युतीय गाडी सञ्चालनको तयारी गरिएको साझाले जनाएको छ। हाल भित्री सहर क्षेत्रबाट मुख्य सहरी क्षेत्रमा कममात्रै सार्वजनिक यातायात सञ्चालनमा रहेकोले निजी सवारीसाधन नहुनेलाई आवतजावतमा असहज भइरहेको पस्थितिलाई सहज बनाउन यो कदम चालिएको साझाको भनाइ छ। 

ललितपुरको मंगलबजार, बंगलामुखीलगायतका क्षेत्रमा विद्युतीय बसले सेवा दिनेछन् । यी बसमा विदेशी पर्यटक र स्थानीय वृद्धवृद्धाले निःशुल्क सेवा पाउने साझाले जनाएको छ।