काठमाण्डौ । सेयर बजारमा आज दिनभर सामान्य अंकको उतारचढाव भएको छ। बजार अन्तिम समयमा झिनो अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा ४ दिन लगातार बढेको बजारमा बियरिस डोजी स्टार बनेको देखिन्छ। भलै म्याक्डीमा भने बजार बुलिस नै रहेको छ। आज पनि हिस्टोग्राम सकारात्मक बनेका छन्।
बियरिस डोजी स्टार भनेको हरियो लामो मैनबत्तीका साथ डोजी देखा पर्छ भने यसले घट्दो बजारको सम्भावनालाई देखाउँछ। यसबाट बजारमा माग विस्तारै कमजोर हुँदै गरेको कुरालाई संकेत गर्छ।
बजारलाई भोलुममार्फत हेर्दा पनि क्रमशः आज कम भोलुम आएको छ।
बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही दिनदेखि छोटा–छोटा सुटिङ स्टार र डोजी स्टार क्यान्डल बनेको देखिन्छ। यी आफैँमा प्रस्ट संकेत नभएका क्यान्डल हुन्। बजारलाई आगामी बन्ने क्यान्डलले मात्रै प्रस्ट दिशा दिन सक्ने देखिन्छ।
आरएसआई ६६ को तहमा रहेको देखिन्छ। मनी फ्लो इन्डेक्सले भने ‘डब्ल्यू’ आकार बनाउँदै माथिको यात्रा तय गरेको देखिन्छ।
डेली बेसमा सुपर ट्रेन्डबाट र इचिमोकुमार्फत हेर्दा बजार बुलिस नै रहेको देखिन्छ। हाल अस्पष्ट रहेको बजार यदि आगामी दिनमा २१८० भन्दा माथि–माथि टिकेर बन्द हुन्छ भने बजारले अप ट्रेन्ड रहेको मान्न सकिन्छ। २१४० भन्दा तल झरेमा बजार साइडवेज जान पनि सक्छ।
पिभटमार्फत हेर्दा बजार बढेमा २१९३ मा महत्वपूर्ण प्रतिरोध लिन सक्छ भने घटेमा क्रमशः २१५७ र २१२१ मा सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago