काठमाण्डौ । बजारमा अन्यौलता छाएको अवस्थामा नेप्सेको दैनिक चार्टमा आज दिनभरको कारोबारले ‘सुटिङ स्टार’ बनाएको छ। (हेनुुहोस् कालो एरो)
यस्तो आकृतिलाई बियरिस क्यान्डल भनेर बुुझिन्छ। यस्तो क्यान्डल बनाउँदा माथि लामो धागो बनेको हुन्छ भने रियल बडी निकै सानो हुने गर्छ। सुटिङ स्टार बन्दा तल छोटो धागो हुन पनि सक्छ र नहुन पनि सक्छ।
यदि दिनभरको कारोबारमा बजार तथा कुनै पनि कम्पनीको सेयर मूल्य बढेको हुन्छ र अन्तमा घटेर झिनो अंकले मात्रै बढेर वा घटेर बन्द हुन्छ भने सुटिङ स्टार बनेको हुन्छ। यस्तो आकृति बन्दा क्यान्डलको कुनै पनि रङको अर्थ हुँदैन।
खासगरी यस्तो क्यान्डल बन्दा अब ट्रेडरले आगामी क्यान्डल कस्तो बन्छ ? त्यो महत्वका साथ ध्यान दिनुपर्ने हुन्छ।
यदि आगामी कारोबारमा बन्ने क्यान्डल आजको क्यान्डलभन्दा तल बनेमा यो क्यान्डल भ्यालिड हुन जान्छ (हेर्नुहोस् रातो एरो)। आजको क्यान्डल भन्दा माथि बनेमा यो क्यान्डल इन्भ्यालिड हुन जान्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारबाहीका लागि सिफारिस होइन।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago