काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सातवटा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ। 

प्राधिकरणले जीवन बीमातर्फ ३ र निर्जीवन बीमातर्फ ४ वटालाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स वितरण गर्ने निर्णय भएको जनाएको छ। 

निर्जीवनतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिइने प्राधिकरणको सूचनामा उल्लेख छ। 

लघु बीमाका लागि ३१ वटा कम्पनीले आवेदन दिएका थिए। जसमा १५ वटा जीवन र १६ वटा निर्जीवन लघु बीमा कम्पनी थिए। 

समितिले लघु बीमालाई ७० करोड रुपैयाँ चुक्तापुँजी तोकेको छ।।