काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
हिजो फागुन ५ गते संस्थाले सूचना प्रकाशित गर्दै नायब महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका जोकसैले फागुन ११ गतेसम्म दरखास्त दिन सक्ने संस्थाले जनाएका छ।
यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तीमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ। साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका आवेदकलाई विशेष प्राथमिकतासमेत दिने जनाएको छ।
गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago