काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले बुधबार कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । 

यो लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस सेयर सम्बन्धी प्रस्ताव पारित गर्न साधनाले साधारणसभा समेत आह्वान गरी बुक क्लोज मिति समेत तोकेको थियो । २५ प्रतिशत बोनस सेयरका कारण मूल्य समायोजन भई १ हजार ४१५ कायम भएको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७६९ रुपैयाँ रहेको थियो । 

यो लघुवित्तले आगामी कात्तिक १३ गते आफ्नो पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । 

सोही सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।