काठमाण्डौ । साधारण लेखपढ गर्न जान्नेदेखि ८ कक्षा र एसएलसी उत्तीर्णसम्मका लागि नेपाली सेनामा रहेर देशको सेवा गर्ने निकै ठूलो अवसर आएको छ । 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले सोमबार विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि जागिरको अवसर खुलाइएको छ । 

सेनाले सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाका लागि जागिरको अवसर खुलाएको छ । यो संख्यामध्ये काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही भर्ति हुनेछन् ।

सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ ।

बन्दोबस्ती कार्य सिपाही, कुचिकार, लोहार, धोबी, केशकर्तक, वेटर र चर्मकर्मी पदका लागि साधारण लेखपढ गर्न जान्नेले समेत आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । यसैगरी, सैन्य सवारी चालक, सैन्य पदमा ८ कक्षा उत्तीर्णले दरखास्त दिनसक्ने छन् । 

लेखा जम.क., सहायक पण्डित हुद्धा र अमल्दार कर्मचारी पदमा मान्यताप्राप्त  शिक्षण संस्थाबाट १० कक्षा उत्तीर्णले आवेदन दिनसक्ने छन् । 

नेपाली सेनाका पृतना, बाहिनी, गण र गुल्मा रहेका क्षेत्रहरु, इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढी लगायतका क्षेत्रबाट दरखास्त फारम भर्नसकिने व्यवस्था मिलाइएको छ । 

पूरा विज्ञापन हेर्न तलको फोटोमा क्लिक गर्नुहोस् ।