काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनः डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन्। 

संस्थाको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले भदौ १४ गतेदेखि लागू हुने गरी कोइरालालाई पुनः सीईओमा नियुक्त गरेको छ।