काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश प्रस्तावत गरेको हो।

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ३१ करोड २८ लाख ८२ हजार ७४५.५२ रुपैयाँबराबरको बोनस सेयर र १.३१५७८९४७४ प्रतिशतले हुन आउने १ करोड ६४ लाख ६७ हजार ५१२.९२ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।