काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ३८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २.७८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ३१ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि २.४२ प्रतिशतले बढेर ४६ करोड १५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ४५ करोड ६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर ६१ करोड ८३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६० करोड ४४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा १४ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई १ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ११ अर्ब ६३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाले रिजर्भको आकार २०.०४ प्रतिशतले बढाएर १ अर्ब ४५ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो। 

संस्थाले खराब कर्जा (एनपीएल)मा सुधार गर्दै ०.६० प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.९७ प्रतिशत थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४१.५४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ५०.५३ रुपैयाँ रहेको थियो। 

पीई रेसियो ३४.६२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २४५.५२ र तरलता अनुपात २.४० प्रतिशत रहेको छ।