काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ५४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा अघिल्लो वर्षको तुलनामा ३२.९८ प्रतिशतले बढी हो। 

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ९३ करोड ५० लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा अन्य अम्दानी २ लाख ५५ हजार रुपैयाँबाट घटेर ५१ हजार ८४३ रुपैयाँमा सीमित बनेको छ। 

चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ बढेर ९१ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिटेन अर्निङ ६७ करोड १४ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १७.५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १४.४७ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.९९ रुपैयाँ रहेको छ।