काठमाण्डौ । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोनजस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्ता (ईएमई) मा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि-बुकिङ गर्न सक्नेछन्। यसका साथै प्रि-बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

गत भदौ २० गतेबाट प्रि-बुकिङ सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ। प्रि-बुकिङ आईएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्ने बैंकले जनाएको छ। 
सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा 
https://creditcard.sanimabank.com/credit-card/online-application लगइन गरी आवेदन दिन सकिन्छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।