काठमाण्डौ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने दोश्रो बैंक बनेको छ सानिमा । 

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको केही घण्टापछि नै सानिमा बैंकले समेत गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । 

सानिमा बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वनयमा आउनेछ । 

कोभिडका कारण लकडाउन हुँदा अर्थतन्त्र समस्यामा परेको असहज अवस्थामा समेत बैंकहरुले एकपछि अर्को गर्दै दोहोरो अंकको लाभांश घोषणा गरेका हुन् । यसले बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढाउने देखिन्छ ।