काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ। 

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रापाली ब्यांक्वेटमा बिहान ११ जबेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १७.८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो कात्तिक ७ गते एक दिनका लागि बुकक्लोज गर्ने गरेको छ। यसको अर्थ कात्तिक ४ गते (कात्तिक ५ गते शुक्रबार र ६ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।