काठमाण्डौ । सानिमा बैंकको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज असार १० गतेबाट बिक्री खुला गरिएको छ।
बैंकको ‘सानिमा डिबेन्चर–२०८९’ नामक ऋणपत्रका १ हजार अंकित दरका कुल ५० लाख इकाइ बिक्री खुलाइएको हो। कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेको) का लागि बिक्री खुला गरिएको छ।
यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समयपछि हुनेछ।
सानिमाको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रको बिक्री प्रबन्धकमा आबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
14 minutes ago
23 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago