काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज शुक्रबारबाट तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। 

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंककी सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरेका छन्। 

उद्घाटन समारोहमा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार श्रेष्ठ र सञ्चालक थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालालाई निरन्तर सहयोग एवं सदभावका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन्।