काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक १५२ कर्मचारी मागेको छ। 

सानिमा लाइफ इन्स्योरेन्सले १२ वटा पदका लागि एकैपटक १५२ कर्मचारी मागेको हो । 

यो कम्पनीले ब्राञ्च म्यानेजरमा २७ कर्मचारी मागेको छ । बित्तीय संस्थामा २ वर्षको अनुभव प्राप्त गरेको र स्नातक उत्तीर्णयले ब्राञ्च म्यानेजरको पदमा आवेदन दिनसक्ने बताइएको छ । 

सानिमाले इन्स्टीच्यूसनले सेल्सका लागि एकजना अफिसर, २१ जना विजिनेश डेभलपमेन्ट अफिसर्स, थप एकजना पनि विजिनेश डेभलपमेन्ट अफिसर, एकजना माइक्रो इन्स्योरेन्स अफिसर, एकजना टेनिंग अफिसर, एकजना अण्डरराइटिंग अफिसर र ३३ जना मार्केटिंग अफिसर मागेको छ । 

यसैगरी, कर्पोरेट अफिसमा काम गर्ने गरी एचआर तथा एडमिन असिस्टेन्टको रुपमा १ जना, शाखा कार्यालयका लागि कस्टूमर सर्भिस एक्जुकेटिभ ३४ जना, सब ब्राञ्च एक्जूकेटिभमा २१ जना, बैंकासुरेन्स अफिसरमा १० जना कर्मचारी मागिएको छ । 

सानिमा लाइफले काठमाण्डौ, इटहरी, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, धनगढी, विर्तामोड, वीरगञ्ज र दाङमा खुल्ने शाखाका लागि कर्मचारी मागेको देखिन्छ । 

इच्छुकले अगस्ट ३१ गतेभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । इन्स्योरेन्सको सूचना यस्तो छः

 

उता, सिद्धार्थ बैंक लिमीटेडले समेत विभिन्न पदमका केही कर्मचारी मागेको छ । बैंकले प्रदेश १ अन्तर्गतको विर्तामोडका लागि एकजना डेपुटी म्यानेजर, प्रदेश २ अन्तर्गत जनकपुरका लागि पनि डेपुटी म्यानेजर, प्रदेश ३ को भरतपुर तथा प्रदेश ७ को धनगढीका लागि डेपुटी म्यानेजर मागेको छ । 

यस्तै, कर्पोरेट क्रेडिटका लागि २ जना डेपुटी म्यानेजर, मानव संसाधनका लागि एकजना डेपुटी म्यानेजर, डिपोजिट रिलेसनसीप म्यानेजरको  रुपमा एकजना, हेड कर्पोरेट अफेयर्स तथा डिजिटल बैंकिङका लागि पनि एकजना डेपुटी म्यानेजर मागिएको छ । 

रिसर्च तथा स्ट्राटेजी प्लानिङको हेडको रुपमा काम गर्ने गरी एकजना डेपुटी म्यानेजर, सूचना प्रविधि विभागका लागि समेत सोही पदमा एकजना कर्मचारी मागिएको छ । बैंकले प्रकाशित गरेको सूचना यस्तो छः

 

उता, नेपालगञ्जको बाँकेमा मुख्य कार्यालय रहेको भार्गव विकास बैंकले विभिन्न पदमा केही कर्मचारी मागेको छ । बैंकले सहायक महाप्रबन्धक पदमा एकजना, एकजना चार्टर्ड अकाउन्टेन्ट र एकजना आइटी असिस्टेन्ट मागेको हो । बैंकले प्रकाशित गरेको सूचना यस्तो छः