काठमाण्डौ  । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ। 

योजना अवधिभर बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु. ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ। यो योजनामा सिमित छुटमात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ। छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ कात्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।  विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets  मा उपलब्ध छ।