काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ।

उक्त सेवा प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com df “Apply Loan up to 5 Lakhs against FD”  मा क्लिक गरी आवश्यक विवरणहरु भरेपश्चात मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्। अनलाइनबाट आवेदन दिएको मुद्दति निक्षेप कर्जा, मुद्दति रकमको बढीमा ९५% वा अधिकतम रु. ५लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन्। 

हाल बैंकले रेमिट्यान्स मुद्दतिमा १३.५१५, मुद्दतिमा १२.१३३५, रेमिट्यान्स बचत खातामा १०.१३३५ र बचत खाताहरुमा ९.१३३५ सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्जालमा छन्।