काठमाण्डौ । सानिमा बैंकले नेपालमै पहिलोपटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ।
विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ। त्यसैले यो प्रक्रियालाई सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोडसहितको कर्जा स्वीकृतिपत्र सानिमा बैंकले ल्याएको छ।
हाल कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक–पटक फोन वा ई–मेलमार्फत हुँदै आएकोमा अबउप्रान्त कर्जा स्वीकृतिपत्रमा उल्लेखित क्यूआर कोर्ड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ। यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्ने बैंकले विश्वास लिएको छ।
सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ। बैंकले अधिकतम रु. १ करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ।
सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्जालहरु रहेका छन्।
6 minutes ago
36 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago