काठमाण्डौ । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्स सर्मिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ। यस सम्झौताले युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ। 

युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ। 

यसका साथै युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा चौबीसै घन्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ। 

सानिमा बैंकको रेमिट्यान्समार्फत यूएई, मलेसिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ। यसका साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ। 

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालय र १२३ एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।