काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ। जसअनुसार कम्पनीले सेयरधनीहरुलाई ३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभाले सञ्चालकको नियुक्ति र बैठक भत्तासम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।
20 minutes ago
22 minutes ago
28 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago