काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा परेको आवेदनले यसअघिका सबै रेकर्ड तोडेको छ । 
यसअघि जनरल इन्स्योरेन्सको आइपीओमा ८ लाख १२ हजारभन्दा बढीले आवेदन गरेकोमा सानिमा जनरल इन्स्योन्समा ८ लाख ८२ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा आज आइतबार अन्तिम दिन अपरान्ह ५ बजेसम्म ८ लाख ८२ हजार ७०३ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । उनीहरुले कुल १ करोढ ८९ लाख ७५ हजार ६० कित्ता खरीदका लागि आवेदन दिएका छन् । आस्वा प्रणालीबाट पनि आइपीओमा आवेदन पर्ने व्यवस्था भएकाले यो तथ्यांकमा थप हुन सक्ने बताइएको छ ।

यो कम्पनीले गत बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको छ । 

कम्पनी चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ।