काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) कात्तिक महिनासम्म बढेर १२.८२ रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तको अपरिस्कृत वित्तीय विवरणअनुसार सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो फन्डको न्याभ गत असोजको तुलनामा १२ पैसाले बढेको हो। गत असोजमा न्याभ १२.७० रहेको थियो।
कात्तिक महिनासम्म यो योजनाको लगानी ३.०७ प्रतिशतले बढेको छ। गत असोजसम्म १ अर्ब ४० करोड रुपैयाँ बढी लगानी गरेकोमा कात्तिकसम्म बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
यो योजनाले कात्तिक महिनासम्म सूचीकृत सेयरमा १ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ। जब कि यस्तो लगानी असोजसम्म १ अर्ब १९ करोड रुपैयाँमा सीमित थियो।
योजनाले ऋणपत्र तथा बन्डमा ७ करोड ५२ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा ६४ लाख २४ हजार रुपैयाँ तथा बैंक मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको छ।
कोष प्रबद्र्धक सानिमा बैंक लिमिटेड रहेको यो ७ वर्षे योजनाको कात्तिकमा कुल आय २७ करोड ७६ लाख रुपैयाँ रहेको छ। गत असोजमा कुल आय १७ करोड ४ लाख रुपैयाँ रहेको थियो।
यो योजनाले २३ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक, १८ वटा लघुवित्त, ४ वटा जीवन बीमा कम्पनी, ५ वटा निर्जीवन बीमा कम्पनी, ५ वटा जलविद्युत कम्पनी, ४ वटा सामूहिक लगानी कोष, एउटा उत्पादन तथा प्रशोधन कम्पनी र ३ वटा अन्य समूहका कम्पनीमा लगानी गरेको छ।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago