काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक कर्पोरेट पे प्रणाली मार्फत सुरु गरेको छ ।

कर्पोरेट पे सोलुसन नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बंैक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् । 

कर्पोरेट पेमा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्टि गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् । 

डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्घन गर्दै आएको सानिमा बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रुपमा समेत लिएको छ । 
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।