काठमाण्डौ । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी  यादव श्रेष्ठले रु. ४७,२३० को औषधी उपचार बीमा भुक्तानी पाएका छन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे ।                       

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक रु. ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, रु. ५ हजार सम्मको ओपीडी भुक्तानी शुल्क सहित रु.५० हजार सम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), रु.१० लाखको दुर्घटना बीमा र रु. ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् । श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम. संचालनमा रहेका छन् ।