काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंक लिमिटेडले खुद नाफामा १४.६६ प्रतिशतले बढाउन सफल भएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। 

बैंकको सञ्चालन मुनाफा २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १४.९५ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा २ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ०.९० प्रतिशतले बढेर ३ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेको छ। गत वर्ष बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको रिजर्भको आकार १७.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा दर घटेर ०.२१ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष खराब कर्जा दर ०.३६ प्रतिशत रहेको थियो। आधार दर ९.२५ प्रतिशतबाट घटेर ६.२३ प्रतिशतमा सीमित बनेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २५.७३ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस २४.७७ रुपैयाँ थियो। पीई रेसियो १५.२८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने १४८.७० रुपैयाँ रहेको छ।