काठमाण्डौ । तपाइँले सडकमा तीव्रगतिमा चल्ने सवारीसाधनलाई चलान काटिएको देख्नुभएको छ ? सडकमा विस्तारै गाडी चलाउनुपर्ने भनिन्छ। तर, विश्वमा यस्ता धेरै देश छन्, जहाँ एक निश्चित गतिमा सुस्त गाडी चलाउँदा चलन काटिन्छ। 

आज हामी तपाइँलाई एउटा यस्तो देशका बारेमा बताउन गइरहेका छौँ, जहाँ चलन काट्ने तरिका एकदमै फरक छ। त्यहाँ ट्राफिक प्रहरीले चलान काट्दैनन् तर कुनै नियम तोड्यो भने स्वतः चलान काटिन्छ। जसका कारण त्यहाँ सडक दुर्घटनामा उल्लेख्य कमी आएको छ। 

हामीले कुरा गरिरहेको देशको नाम दुबई हो। दुबईमा सडक दुर्घटना हुन नदिन सडकका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको छ। दुबईका सडकमा टावरजस्तो उपकरण जडान गरिएको छ। प्रत्येक उपकरणको दायरा केही किलोमिटरसम्म छ। 

त्यस दायरामा प्रत्येक गाडी उक्त उपकरणमा देखिन्छन्। यदि कुनै नियम तोडिएको छ भने यो टावरमा जडान गरिएका क्यामेराले त्यो गाडीको फोटो खिच्छन्। 

त्यहाँ सवारीसाधनको चालान कटेपछि, जरिवाना रकम तुरुन्तै खाताबाट काटिन्छ। दुबईमा सबैको ड्राइभिङ लाइसेन्समा चालकको बैंक खाता लिंक गरिएको हुन्छ। यस्तो अवस्थामा चलान काटिएलगत्तै जरिवाना तिर्नुपर्छ।

दुबईका सडकहरु राम्रा छन् र त्यहाँ धेरै ट्राफिक पनि हुन्छन्। यस्तो अवस्थामा सबै सडकमा न्यूनतम र अधिकतम गति तोकिएको छ।सडकमा तोकिएको भन्दा ढिलो गतिमा सवारी चलाउँदा चलान काटिन्छ। सडक जाम नहोस् भनेर यस्तो गरिएको हो। 

दुबईमा नियम निकै कडा बनाइएको छ। जसका कारण यहाँ सडक दुर्घटनामा उल्लेख्य कमी आएको छ। –एजेन्सी