काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज कम्पनीलाई स्थानीयका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब यो कम्पनीले स्थानीयका लागि १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ चुक्तापुँजीको १० प्रतिशतबराबर हुन आउनेछ।
कम्पनीको यो आईपीओमा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सहनिष्कासन कर्तामा सनराइज क्यापिटल र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।
20 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago