काठमाण्डौ । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीका साथ बजारमा लिएर आएको छ। 

कम्पनीको यो नयाँ हाई–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ। जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआईएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ। ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटका साथ यस फोनले उपभोक्ताले सहज रुपमा हेर्न र स्क्रोल गर्न सक्छन्। ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीका साथ उपलब्ध छ। 

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताले एडभान्स क्यामेराको अनुभव पाउनेछन्। योबाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआईएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ।

ग्यालेक्सी एपÞm५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ। यसको अगाडि रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाई क्वालिटीको सेल्फी, भिडियो र भिडियो कलहरु गर्न सकिन्छ।

अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ। उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ। २५वाटको सुपर–फास्ट चर्जिङले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ। यतिमात्र हैन ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्षसम्मको ग्यारेन्टी सुरक्षा अपडेट पनि पाइनेछ। 

यसमा रहेको ‘भ्वाइस फोकस’ले आसपासको आवाजहरुलाई कम गर्छ र भ्वाइस वा भिडियो कलको बेला प्रयोगकर्ताको आवाजलाई स्पष्ट बनाउँछ। यसको प्रयोगले प्रयोगकर्तालाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरु गर्न दिन्छ।

ग्यालेक्सी एपÞm५४ २ आकर्षक रङहरुमा उपलब्ध छ– सिल्भर र निलो। यसको ८+२५६ जीबी भेरियन्ट रु.५२ हजार ४९९ को मूल्यमा बजारमा उपलब्ध छ। यो मोडल देशभरका सबै शोरुममा बिक्रीका लागि उपलब्ध गराएको छ।