काठमाण्डौ । नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम १४ ५जी मोबाइल बजारमा उपलब्ध गराएको छ। 

यो मोडल ५० एमपीको ३ वटा क्यामरा, ५ एनएम प्रोसेसर, ६००० एमएएच ब्याट्री र ५जी ब्यान्डलाई साथ भविष्यका लागि पनि तयार रहेको मोन्स्टर ५जी डिभाइस रहेको सामसङ नेपालका मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितले जानकारी दिए।

मोन्स्टर क्लिक्स

ग्यालेक्सी एम१४ ५ जीमा ५० एमपीका ३ वटा क्यामराहरु रहेका छन्।  एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउँदछ। 

यस्तै यसमा सेल्फि खिच्नका लागि १३ एमपीको फ्रन्ट क्यामरा जडित छ। यसैले कुनै पनि बेला ग्यालेक्सी एम१४ ५जीको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ।

मोन्स्टर पावर

यसमा भएको विशाल ६००० एमएएच ब्याट्रीले ग्यालेक्सी एम१४ ५जीलाई ‘पावर मोन्स्टर’ बनाइदिएको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्छ। प्रयोगकर्ताले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घन्टौँ–घन्टासम्म लगातार ब्राउज एन्ड बिन्ज गर्न सक्नेछन्। स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङलाई पनि सपोर्ट गर्ने भएकोले फोन छिट्टै चार्ज हुन सक्छ।

मोन्स्टर पफर्मेन्स

ग्यालेक्सी एम१४ ५जी ‘पफर्मेन्स मोन्स्टर’ पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ। यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधा बिना बहुकार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पफर्मेन्स प्रदान गर्दछ। यसमा पावर गुणदायक सीपीयू संरचना छ र यसले उत्कृष्ट गेमिङ अनुभवका लागि सहज र थ्रीडी ग्राफिक्स उपलब्ध गराउँछ। ग्यालेक्सी एम१४ ५जीमा भएको र्याम प्लस विशेषताले १२ जीबीसम्म र्यामको क्षमता बढाउन सकिन्छ।  

मोन्स्टर मनोरन्जन

ग्यालेक्सी एम१४ ५ जीमा ६.६ इन्चको एचडी प्लस र ९० हर्ज डिस्प्ले उपलब्ध छ। ठूलो  स्क्रिनले प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल फिडमार्फत स्क्रोल गर्न सजिलो बनाइदिन्छ। बिन्ज दर्शकहरुले सहजताका साथ आफ्नो प्रिय मनोरञ्जनको मज्जा लिन सक्नेछन्।

मोन्स्टर कनेक्टिभिटी

ग्यालेक्सी एम १४ मा ५जी नेटवर्क पनि सहजताका साथ प्रयोग गर्न सकिने भएकोले यो मोबाइल भविष्यका लागि तयार रहेको छ। प्रयोगकर्ता देशबाहिर जाँदा पनि यो ५जी कनेक्टिभिटीको आनन्द उठाउन सक्नेछन्। 

मोन्स्टर अनुभव

जब व्यक्तिगत डेटा र अनुप्रयोगहरू भण्डारण गर्ने कुरा आउँछ, त्यो बेला ग्यालेक्सी एम१४ ५जी परिष्कृत सुरक्षा र गोपनीयताको लागि सुरक्षित फोल्डरलाई समर्थन गर्दछ। यसले भ्वाइस फोकसलाई पनि समर्थन गर्दछ र यसमा प्रयोगकर्ताको वित्तीय एप्लिकेसनहरु, निजी आईडीहरु र अन्य गोप्य कागजातहरु स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ। 

यसैगरी यो मोबाइल एन्ड्रोइड १३ मा आधारित वान यूआई ५.१ कोर जडित छ। सामसङले ग्यालेक्सी एम १४ ५जीका लागि २ पुस्तासम्म ओएस स्तरोन्नति र  ४ वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ।

मेमोरीका प्रकारहरु, मूल्य र उपलब्धता

ग्यालेक्सी एम१४ ५जी तीन आकर्षक रङमा उपलब्ध छ ( आइसार्इ सिल्भर, बेरी ब्लू र स्मोकी टेल। ६ प्लस १२८ जीबीयुक्त ग्यालेक्सी एम१४ ५जी  रु.२४ हजार ९९९ मा उपलब्ध छ। यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ।