काठमाण्डौ । सानिमा बैंक लिमिटेडले सामसुङको एस२१ सिरिजस् खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमई) को व्यवस्था गरेको छ।
यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आईएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्स प्रालि (सामसुङ प्लाजा)सँगसम्झौता गरेको छ। बैंकका ग्राहकले शून्य प्रतिशत ब्याजदरमा आईएमई सुविधाका साथै निःशुल्क आईएमई प्रशासनिक शुल्क र सामसुङका तर्फबाट आकर्षक प्रि‐बुकिङ उपहारहरुको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ।
सामसुङ एस२१ सिरिजसको प्रि‐बुकिङ सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ। ग्राहकहरुले आईएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रानिक्स प्रालिका विभिन्न आउटलेटबाट प्रि‐बुकिङ गर्न सक्नेछन्।
सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाट आवेदन दिनका लागि https://cardrequest.sanimabank.com/credit-card/online-application मा लगइन गर्नुहोला ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८६ वटा एटिएम सञ्चालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।
विस्तृत विवरणका लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगइन गर्न सकिनेछ।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago