काठमाण्डौ । सामाजिक सुरक्षाकोषले एकैपटक ६५ कर्मचारी माग गरेको छ । 

कोषले ११ औं तहको उपकार्यकारी निर्देशकदेखि चतुर्थ तहको कम्प्युटर अपरेटरसम्मको पदमा कर्मचारी माग गर्दै इच्छुकबाट दरखास्त आह्वान गरेको हो । 

सबैभन्दा बढी वरिष्ठ प्रशासन सहायक र नवौं तहको प्रशासकीय अधिकृतका लागि कर्मचारी मागिएको छ । १० औं तहको वरिष्ठ प्रशासन सहायकतर्फ १० र नवौ तहको प्रशासकीय अधिकृत पदमा ९ कर्मचारी मागिएको हो । 

प्रशासन समूहतर्फ एक उपकार्यकारी निर्देशक, विभिन्न विभागका लागि ३ निर्देशक, ४ उपनिर्देशक, ७ वरिष्ठ सहायक निर्देशक, ६ सहायक निर्देशक, ४ लेखा अधिकृत, एक कानून अधिकृत, ३ सूचना प्रविधि अधिकृत, २ लेखापाल, १ कानून सहायक, ५ कम्प्युटर अपरेटर, एक प्रशासन सहायक, ४ सहायक लेखापाल र ३ सहायक कम्प्युटर अपरेटर पदका लागि कार्मचारी मागिएको छ । 

इच्छुकले असार ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

एघारौं तहका लागि रु. १५००, नवौं र दशौं तहका लागि रु. १२००, छैठौ, सातौं र आठौं तहका लागि रु. १०००, पाँचौ तहका लागि रु. ४०० र चौथो तहका लागि रु.३०० परीक्षा दस्तुर कायम गरिएको छ । 

फोनपे वा इसेवाबाट समेत परीक्षा दस्तुर बुझाउन सकिने सुविधा छ । 

लिखित परीक्षा लोकसेवा आयोगले संचालन गर्नेछ ।

विभिन्न पदका लागि आवश्यक न्यूनतम योग्यता र अन्य विषयका लागि कोषले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्: