काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेकोले सचेत रहन आग्रह गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनाहरु बढ्न थालेपछि साइबर ब्युरोले आज एक सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत गराएको हो। केही व्यक्ति तथा आपराधिक समूहले सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमोमार्फत भिडियो, अडियो र टेक्स्ट मेसेज गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करबापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन साइबर ब्युरोले आग्रह गरेको छ। 

त्यस्ता समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै साइबर ब्युरोले आफ्ना पासवर्ड, ओटीपी कोड र संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्राविधिक दुरुपयोगबाट बच्न र ठगी हुनबाट सर्तकर्ता अपनाउन आग्रह गरेको छ। 

यसका साथै नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समय–समयमा विद्युतीय कारोबार गर्दा हुने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि जारी भएका सूचनाबाट समेत जानकारी लिन आग्रह साइबर ब्युरोले आग्रह गरेको छ।