काठमाण्डौ । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यावसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ। यसका लागि त्यस्ता सामाजिक सञ्जाललाई कानुन दायरामा ल्यायने र कर लगाइने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक सञ्जालमा कडाइ गर्ने नीति लिएको हो। सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने सरकारीले नीति लिएको छ।
यसैगरी सरकारले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिएको छ । देशैभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धि कार्यक्रमलाई तीव्रताका साथ कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago