काठमाण्डौ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाइला फाउन्डेसनबीच आज एक सम्झौता भएको छ।
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउन्डेसनका तर्फबाट प्रेसिडेन्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार उक्त अस्पताल फाउन्डेसनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिका लागि कम्पनीले प्रत्येक वर्ष रु. २० लाख आर्थिक सहयोग गर्नेछ।
सम्झौता हस्ताक्षर समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे।
कम्पनीका तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा विगत वर्षहरुदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउँदै सामुदायिक अस्पताल सञ्चालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पाएकोमा खुसी व्यक्त गरे।
स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाइला फाउन्डेसन २०७२ सालदेखि नेपालको दुर्गम क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैरसरकारी संस्था हो। नेपाली स्वयंसेवक कार्यरत रहेको उक्त फाउन्डेसनले स्थानीय सरकार र स्थानीय साझेदारको सहकार्यमा विशेषगरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पुर्याइआएको छ।
कम्पनीको यस सहयोगबाट १५ शय्याको सामुदायिक अस्पतालको सञ्चालन भई उक्त क्षेत्रवरिपरि रहेका करिब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ।
36 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago