काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरेको छ।
धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई पूर्वस्वीकृति प्रदान गरिएको सेबोनले जनाएको छ। यी दुवै लघुवित्तले सेबोनमा संयुक्त निवेदन दिँदै मर्जरका लागि स्वीकृति माग गरेका थिए।
यसअघि नेपाल राष्ट्र बैंकले गत जेठ ३ गते सामुदायिक र बिपिडब्लयु लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
यी दुवै लघुवित्तबीच गत फागुन २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago