काठमाण्डौ । सारडा ग्रुपले विभिन्न कार्यक्रमका साथ भदौ ११ गते आइतबार आफ्नो स्थापना दिवस मनाएको छ । 

यो समूहले प्रत्येक वर्ष यो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गर्छ । 

सो अवसरमा यस गु्रपका डाईरेक्टर श्रीनिवास सारडाले कर्मचारी तथा सहभागीहरुलाई स्वागत गरेका थिए । 

उनले आफ्नो विभिन्न उद्योगहरुमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मायाको चिनो तथा प्रशंसा–पत्र पनि प्रदान गरेका थिए । 

साथै, सोही अवसरमा गु्रपद्वारा आयोजित रक्तदान कार्यक्रममा ११४ पिन्ट ब्लड संकलन भएको थियो ।