काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ।

आज सार्वजनिक अपरिष्कृत त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २१८.९६ प्रतिशतले बढी हो। गत वर्ष संस्थाको नाफा २ करोड ५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ३६ करोड ९७ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा १ करोड १२ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २३०.१८ प्रतिशत बढाउँदै १६ करोड ९६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्ष यस्तो आम्दानी ५ अर्ब १३ करोड रुपैयाँमा सीमित थियो।

संस्थाले यो अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९० करोड २७ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार पनि २५४.७६ प्रतिशतले बढाएर १६ करोड ९० लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २३ करोड ५३ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३७.१२ रुपैयाँ रहेको छ। पीई रेसियो ४४.९९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.८३ रुपैयाँ रहेको छ।